काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको काठमाडौ जिल्ला कमिटीको विस्तारित बैठकले काठमाडौंको अध्यक्षमा कुसुम कार्कीलाई चयन गरेको छ ।
बिहीवार भएको भेलाबाट जिल्ला कमिटी पुनर्गठन गर्दै अध्यक्षमा कार्की, उपाध्यक्षमा ओमकुमारी श्रेष्ठ, बटुकृष्ण थापा, सचिवमा एलपि श्रेष्ठ तथा उपसचिवमा ध्रुवराज न्यौपाने, कृष्णहरि खत्री र सुरेन्द्रहर्ष बज्राचार्यलाई चयन गरेको हो । भेलाले २ सय २५ जना जिल्ला सदस्य चयन गरेको छ ।