• मंसिर १४ २०८१, शुक्रबार

प्रधानन्यायधीश जबराले तोके सबैखाले मुद्दामा पेशी

कार्तिक २५ २०७८, बिहीबार

काठमाडौँ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज पनि सबैखाले मुद्दाको पेसी तोकेका छन्। आजका लागि सर्वोच्च अदालतमा नाै इजलास तोकिएको छ। जसमा प्रधानन्यायाधीश जबराको एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास छन्।

नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ। असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन् । यसबीच प्रधानन्यायाधीश जबराले आफ्ना लागि बेन्च र सबैखाले मुद्दामा पेसी तोक्दै आएका छन्।