काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजालाई गाली गरेर अब शासन गर्ने समय नरहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए चुनाव लडेर आउन चुनौती दिएपछि थापाले यस्तो जवाफ फर्काएका हुन् । थापाले राजाविरुद्ध आक्रोश होइन सुशासन दिन देउवालाई आग्रह गरेका छन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन् ,‘राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुस् । न्यायालय हड्तालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार र सर्वसत्तावादमा लिप्त छ । धर्म परिवर्तन व्यापक भएको छ,रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भइसक्यो । राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’