काठमाडौँ। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिचौलियाका नाइके रहेको आरोप लगाएका छन् ।
मंगलबार एशोसियनको जारी आन्दोलनमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराबाट जनताले न्याय पाउने सम्भावना नरहेको भन्दै उनलाई हटाउने आन्दोलनमा सहयोग गर्न आग्रह समेत गरे ।
उनले भने, ‘न्यायपालिकाको धरोहर उँचो राख्न हाम्रो आन्दोलन जारी छ । प्रधानन्यायाधीशको इजलासबाट न्याय पाउन सकिँदैन, उनी बिचौलियाका नाइके हुन् ।’
यस्तै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश जबराको गलत नियतका कारण न्यायालयको चीरहरण भएको भन्दै उनले राजीनामा दिनुपर्ने बताए ।