• मंसिर १४ २०८१, शुक्रबार

पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक : ओली

कार्तिक २१ २०७८, आईतवार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।

ओलीले भने ‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन् कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् ।भक्षीहरु हुन् ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नुछ ।’

गठबन्धनलाई देश र संविधान समेत नचाहिएको उनको भनाइ छ । उनले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने पक्का रहेको बताए । ‘हामी हुँदैनथियौ भने १७ साल अस्ति नै आइसक्थ्यो, यहाँ एमाले छ त्यसकारण १७ साल आउन सक्दैन’,

उनले संविधान एउटा पुस्तक भएको भन्दै त्यो पुस्तक च्यात्न कुनै समय नलाग्ने बताए । उनले भने, ‘प्रतिगामी परमादेश अनेक आउन सक्छन् । हामी सरकार छोड्न तयार छौं । तर, लोकतन्त्र तलमाथि हुन दिदैंनौं । संविधान च्यात्न दिदैंनौं।’