• मंसिर १४ २०८१, शुक्रबार

एमसीसी पारित गर्ने बारेको देउवा र प्रचण्डको पत्र सार्वजनिक गरियोस्,गोप्य पत्राचार राष्ट्रघात हो : भीम रावल

कार्तिक १८ २०७८, बिहीबार

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीका सम्बन्धमा पठाएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

प्रधानमन्त्री देउवा बेलायतमा जलवायु सम्मेलनमा भाग लिएर फर्किनासाथ बिहीबार बिहान त्रिभुवन विमानस्थलमा एमसीसीबारे दिएको अभिव्यक्तिपछि नेता रावलले सो पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।

यस्तो विषयमा गरिएको गोप्य पत्राचार देशघात भएको उल्लेख गर्दै रावलले प्रचण्डले के हैसियतले पत्र पठाएको भनेर प्रश्न समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो। राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरुन्त सार्वजनिक गरियोस् । यस्तो विषयमा गोप्य पत्राचार देशघात हो । प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’