• मंसिर १४ २०८१, शुक्रबार

प्रधानन्यायाधीशप्रति विश्वास टुटेको छ, राजीनामा दिएर नैतिकता देखाए हुन्छ : अधिवक्ता अर्याल

कार्तिक १६ २०७८, मंगलवार

काठमाडौँ। अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा दिन आग्रह गरेका छन् ।

आज प्रधानन्यायाधीश राणाविरुद्ध बारले जारी राखेको आन्दोलनलाई सम्बोधन गर्दै अधिवक्ता अर्यालले अन्य विकल्पमा सम्झौता हुन नसक्ने भन्दै राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरेका हुन् ।

‘अरु विकल्पमा सम्झौता हुन सक्दैन । राजीनामा दिएर नैतिकता देखाए हुन्छ।’ उनले भने

राणाको नियुक्तीको सिफारिसमा मर्यादा नभएको आरोप लगाउँदै विश्वास टुटेको भएकाले आफूहरुले सम्मानजनक निकास खोजेको बताए ।

‘सिफारिस गर्दाको मर्यादा अहिले छैन । उहाँप्रतिको विश्वास टुटेको छ । सम्मान पूर्वक निकास भनेको राजीनामा नै हो ।’ उनले भने ।

बारले घोषणा गरेको आन्दोलनप्रति नागरिक समाजको समेत साथ रहेको भन्दै त्यसलाई बिथोल्ने प्रयास रहेको उनको भनाइ रहेको छ ।

‘आन्दोलन बिथोल्ने प्रयास भएको थियो । नागरिक समाजको पनि साथ छ । उहाको नैतिक चरीत्र कायमै छ, सम्मान पनि छ ।’