• मंसिर १४ २०८१, शुक्रबार

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै तेस्रो दिन पनि आन्दोलन जारी

कार्तिक १६ २०७८, मंगलवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियसनले तेस्रो दिन पनि धर्ना दिएको छ। नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्।

हातमा कालोपट्टी बाँधेर कानुन व्यवसायीहरु धर्नामा बसेका छन्। बारले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि अल्टिमेटमसहित आइतबारबाट धर्नाको कार्यक्रम घोषणा गरेको थियो । आज सम्म पनि प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा बारले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय  गरेको छ।

प्रधानन्यायाधीश जबराले भने कसैले माग्दैमा राजीनामा नदिने अडान राख्दै आएका छन्।