विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ सरकार गठनका लागि मंगलबार बिहान १ बजेसम दावी गर्न राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।
सोमबार मुख्यमन्त्री आचार्यको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले दावी आह्वान गरेसँगै दलहरूले नयाँ सरकारका लागि दाबी पेसका लागि तयारीमा जुटेका छन् । दावी पेश गर्न गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सांसदले यसअघि नै हस्ताक्षर संकलन गरेका छन् ।