• मंसिर १४ २०८१, शुक्रबार

राजीनामा दिने तयारीमा मुख्यमन्त्री शाही

कार्तिक १५ २०७८, सोमबार

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार बेलुकासम्म आफ्नो पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् । कांग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेका हुन् ।

शाहीले यसबारे छलफल गर्न सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकलगत्तै उनले राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ। आजै ३ जना मन्त्रीको ६ महिने पदावधि पनि सकिँदैछ।

गत वैशाखमा नेकपा एमालले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । त्यसबेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । सत्ता साझेदार गर्ने सहमति अनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन् । कांग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने चर्चा छ।