काठमाडौं । दक्षिण भारतका भारतीय सद्गुरुले नेपाल आफैमा प्रकृतिको वरदान भएकाले यसको आर्थिक समृद्धि पर्यटनबाटै सम्भव भएको बताएका छन् । उनका अनुसार नेपालमा आर्थिक समृद्धि ल्याउनका लागि ‘तीन चर’ पर्याप्त रहेका छन् ।
ती तीन चरहरुमा नेचर, कल्चर र एड्भेन्चर रहेको उनको ठम्याइ छ । प्रकृतिले नेपाललाई सुन्दर बनाएर जन्माएको छ । उनी भन्छन् – हिमाल, महाभारत पहाड, सिवालिक हिल, समणीय उपत्यका, मधेश तथा तराई गरी यी प्राकृतिक भौगोलिक विविधतामा सुन्दर रुपमा समायोजन गरिदिएको छ । मानिसले सिर्जना गर्छु भनी परिकल्पना गरेर बनाएजस्तै । यो नै नेपाल समृद्धिको सबैभन्दा पहिलो आधार हो ।
सदगरुका अनुसार दोस्रो भनेको यहाँको सांस्कृतिक विविधता हो । यो विविधता भनेको मानिसले मौलिक सांस्कृतिक रुपमा विकास गरेको पहिचान सहितको विविधता हो । पर्यटनका लागि यो निकै आकर्षक र भिन्न पारखको विषय पनि हो ।
नेपालको आर्थिक समृद्धिको तेस्रो कुरा भनेको एड्भेन्चर हो । यो पर्यटन प्रवद्र्धनका लागि निकै महत्वपूर्ण कुरा हो । विश्वमा एड्भेन्चरस पर्यटनको विकास भैसकेको छ । सदुगुरुका अनुसार नेपाल र यहाँको भौगोलिक, वानस्पतिक तथा नदीजन्य उपहारहरु एड्भेन्चरस टुरिज्मका लागि स्वर्गतुल्य नै छन् ।
सदगुरुका आँखामा नेपाल एशियाको स्वीट्जरल्याण्ड हो । प्राप्त प्रकृतिका उपहारको उचित व्यवस्थापन हुनसके मात्र नेपाल धेरै माथि उठिसक्छ । नेपालको समृद्धिलाई कसैले राक्न सक्दैन ।