• आश्विन १३ २०८१, आईतवार

अल्ट्रा धावक मीरा राईको जीवनबाट के सिक्ने ?

श्रावण १९ २०७८, मंगलवार

१) गाउँमा धेरै नै कष्टपूर्ण जीवन बिताएकी छु ।

२) केही गर्नुपर्छ भन्ने प्रेरणा पाएपछि संघर्षमा होमिएकी हुँ ।

३) माओवादी जनयुद्धमा लागेर धेरै कुरा सिक्ने मौका पाएँ ।

४) क्यान्टोनमेन्टमा रहँदा सिकेको खेलले दौडमा अगाडी बढ्ने प्रेरणा मिलेको हो ।

५) जीविकोपार्जन गर्न मुस्किल भइरहेको अवस्थामा मुक्ति युद्धमा लागेर आफू, आफ्नो परिवार र समुदायकै लागि केही गर्न सकिएला भनेर जनयुद्धमा लागेकी हुँ । त्यहीँबाट नै खेलमा लाग्ने प्रेरणा मिलेको हो ।

६) जनसेनाको क्यान्टोनमेन्टमा विविध प्रकारका खेलहरु खेलाइन्थ्यो । सोही अवसरमा मैले कराँते सिकेकी हुँ । धावक त म अलि पछि मात्रै बनेकी हुँ ।

७) गरिवीका कारण पढ्न, लेख्न नपाइरहेको समयमा जनयुद्धले नै मलाई केही गर्नुपर्छ भन्ने मौका दिएको हो ।

८) ओरेक नेपाल नामको संस्थाको सहयोगमा कृषि शिक्षा पनि पढेकी छु ।

९) कुनैपनि काममा सफलता पाउनका लागि अनुशासन चाहिन्छ ।

१०) नेपालको खेल क्षेत्र काम चलाउ मात्रै जस्तै लाग्छ ।

११) खेल क्षेत्र र खेलाडीलाई राज्यले गर्नुपर्ने लगानी गरेको छैन ।

१२) मीरा राई इसिसियसन नामको संस्था गठन गरेर खेलाडी जन्माइरहेकी छु ।

१३) परिवर्तन आफैबाट सुरु गर्नुपर्छ ।

१४) नेपालमा परिवर्तनको कुरा धेरै नै गरिन्छ तर व्यवहारमा गरिएको छैन, बरु व्यवहारमा अर्कै गरिएको छ ।