• फाल्गुन २७ २०८२, बुधबार

कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने

श्रावण ७ २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने भएको छ । गत शुक्रबार र शनिबार पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट आलोचना खेपेको कांग्रेसले आगामी दिनमा औपचारिक बैठकहरू सरकारी निवासमा आयोजना नगर्ने निर्णय गरेको हो।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले , ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने बताए ।

बिहीबार दिउँसो उनले ट्विटरमा लेखेका छन् । ‘बिगतको गलत परम्परालाई तोड्दै अब देखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारि निवास बालुवाटारमा नगरिने, साेही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारि र पूर्ब-पदाधिकारिको बैठक, बुढानिलकण्ठमा बस्दै’

महामन्त्री खड्काले काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक शुक्रबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने समेत जानकारी दिएका छन् ।