• फाल्गुन २७ २०८२, बुधबार

सात सालदेखि कम्युनिष्टविरुद्ध लागेको कांग्रेस अहिले पनि त्यही सिद्धान्तमा छ : ओली

श्रावण ७ २०७८, बिहीबार

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात सालदेखि नै कांग्रेस कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट विरोधी पार्टी रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति विदसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले दमनकारी नीति स्थापनाकालदेखि नै लिएको र आजको नीति पनि त्यही रहेको बताए।

उनले मातृकाप्रसाद कोइला प्रधानमन्त्री हुँदा कम्युनिष्टहरुलाई प्रतिबन्ध लगाएर धेरै नेताहरुलाई जेल हालेको बताए । सात सालदेखि अहिलेसम्म यही नीतिमा कांग्रेस रहेको उनको आरोप छ। । उनले अहिले पनि कांग्रेसले जनपक्षीय र लोकतान्त्रिक शक्तिसँग नमिलेर अन्य शक्तिसँग मिलेको बताए ।