काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल पक्षले नेताविरुद्धका उत्तेजक गतिविधि र नारावाजी गर्ने काम तत्काल रोक्न आग्रह गरेको छ। । आज बसेको नेपाल पक्षको स्थायी कमिटिको बैठकले नेताहरु विरुद्ध नारावाजी गर्ने एवम् पुत्ला जलाउने काम रोक्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको हो ।
बैठकमा पार्टी एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारावाजी गर्ने एवम् पुत्ला जलाउने रोकिनुपर्ने, एकताका कामलाई गम्भीरताका साथ अगाडि बढाउन आजको बैठकले ध्यानाकर्षण गराउँद, बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ।
एकता वार्ता चलिरहेका बेलामा फेरि स्पष्टीकरण सोध्नुले एकता प्रक्रियाको गम्भीरताप्रति प्रश्न उठाएको भन्दै एकता प्रक्रियालाई जोड दिनुपर्छ भन्ने आजको बैठकको जोड रहेको नेता रघुजी पन्तले बताए ।