काठमाडौं । नेकपा एमालेको ओलीनिकट युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर काठमाडौँमा विरोध प्रदर्शनमा गरेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा मंगलबार युवा संघ प्रदर्शनमा उत्रिएको हो ।
बाँदरको मुकुन्डो लगाएका दर्ननौ प्रदर्शनकारीले माधवकुमार नेपालविरुद्ध नाराबाजी समेत गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।