• मंसिर १५ २०८१, शनिबार

ओली सरकारका असंवैधानिक नियुक्ति खारेज गर्न देउवा र दाहालबीच सहमति

श्रावण ५ २०७८, मंगलवार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार(आज ) भएको छलफलमा उनीहरुबीच असंवैधानिक ढंगले गरिएका नियुक्ति खारेज गर्ने र साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

यसअघि आजै बिहान अध्यक्ष दाहालले जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधव नेपालसँग पनि भेट गरेका थिए ।

ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो