काठमाडौं । सरकारले विभिन्न देशका राजदूत नियुक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ ।
सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को आज बसेको बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको जानकारी दए ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएको हो ।