• मंसिर १५ २०८१, शनिबार

देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुन्छ : प्रचण्ड

असार २२ २०७८, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली अर्पण गर्न मंगलबार जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले सर्वोच्चले संसद् पुनर्स्थापना गर्ने दाबी गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गर्ने बताएका हुन् ।

‘यस पटक अदालतले संसद पुनर्स्थापना मात्रै गर्दैन । अदालतमा बुझाएको १ सय ४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने हामीलाई विश्वास छ।’ उनले भने

संविधानको मर्म र भावना अनुसार, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनर्स्थापनाको कुनै विकल्प नरहेको उनको भनाई थियो ।