• कार्तिक ११ २०८३, मंगलवार

आगामी साउन २५ गते विधान सम्मेलन गर्ने एमालेको निर्णय

असार १९ २०७८, शनिबार

काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठकले यही असार मसान्तभित्र सदस्यता नविकरण गर्ने र आगामी साउन २५ गते पार्टी विधान सम्मेलन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत प्रस्तावमा सो निर्णय भएको हो।

स्रोतका आनुसार साउन ५ गतेसम्म केन्द्रमा सदस्यता विवरण पठाउने, भाद्र ५ गते पार्टीको वडा अधिवेशन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । सोहीअनुसार भदौ १५ गते पार्टीको पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने, पार्टीको केन्द्रीय विभागलाई पूर्णता दिने निर्णय पनि बैठकले गरेको छ । अहिले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने प्रस्तावमाथि छलफल भइरहेको बताइएको छ ।