काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको बताएका छन् । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाको साथ छोडेर ओलीले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलाशा गरेका हुन् ।
‘मलाई प्रधानमन्त्रीको प्रस्ताव आइसकेको छ। देउवालाई बिचमै छोड्दिनुस तपाई प्रधानमन्त्री बन्नुस् भनेका थिए।; उनले भने, ‘तर, ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो । माधव नेपाल धोका दिने मान्छे होइन। यो गठबन्धनमा कुनै धोका हुँदैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’
उनले केपी ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको आरोप लगाएका छन् । ‘केपी ओली जीलाई सत्ता शक्ति र पैसामा मात लागेको छ ।’ उनले भने
आफूहरुको लडाई कुनै व्यक्तिगत नभइ राष्टियता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र संविधानको पक्षको लडाई रहेको उनको भनाइ थियो ।