• मंसिर १५ २०८१, शनिबार

देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान दिन्न : प्रचण्ड

असार ८ २०७८, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने जिकिर गरेका छन् ।

माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरीप्रसाद पौडेलको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफु लडिरहने बताए ।

देशको समसामयिक राजनितिक अवस्था बारे चर्चा गर्दै उनले अहिले राजनितिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनितिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफूहरु क्रियाशिल रहेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरीपनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडि बढाउने बताए ।

आफूले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्ताव सहित एमालेसँग पार्टी एकता गरेको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाइ चकनाचुर पारेको बताए ।

प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष प्रचण्डले स्वर्गिय हरीप्रसाद पन्डितले कम्युनिष्ट आन्दोलनलाई ठुलो योगदान दिएको भन्दै पौडेल प्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समबेदना व्यक्त गरेका थिए । पौडेलको ९० वर्षको उमेरमा असार २ गते निधन भएको थियो ।

सोमवार साँझ चितवन आएका अध्यक्ष प्रचण्डले मंगलवार बिहान आफ्नो निर्वाचन क्षेत्रमा केही दिन अघिको अविरल वर्षाले निम्त्याएको बाढीले डुबानमा परेको वडा नं. २६ को सिसई लगयतका क्षेत्रको अनुगमन गर्ने र १० बजे नदी नियन्त्रण सम्बन्धी सरोकारवाला कार्यालय प्रमुखहरूसंग जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल गरी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।