काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल मार्फत मुलुकको संकटको प्रमुख कारण राजनीति, दल र नेतृत्वमा आएको स्कलनलाई औँलाउँदै तत्काल सुध्रन पर्ने खाँचो औल्याएका हुन् ।
भट्टराईले कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने समेत बताएका छन् ।उनले समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ ‘कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनुस समाजवादी ‘समाजवादी’ नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं । नत्र समयले कसैलाई पर्खन्न है ।’