• मंसिर १५ २०८१, शनिबार

सरकारमा सहभागी तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

असार ४ २०७८, शुक्रबार

नेकपा एमालेले ६ नम्बर प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी तीन जना मन्त्रीहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ।

आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा गर्न निर्देशन दिने निर्णय गरेको हो।

एमालेका तीन जना सांसदले वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।

अदालतको अन्तरिम आदेशपछि पुनर्वहाली भई एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बारबार आमन्त्रण गर्दां पनि उपस्थित नहुने, माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भई आफ्नो पार्टीको निर्णय नमानेको भन्दै तत्काल राजीनामा दिन दलको बैठकले निर्णय गरेको हो ।