काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेता श्रेष्ठले संवैधानिक आयोगले नै लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ’, उनले लेखेका छन्, ‘जसपाबारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।’
साथै उनले राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने बताएका छन् ।