• मंसिर १४ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

जेष्ठ ३० २०७८, आईतवार

कर्णाली । प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरिएको छ ।

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा सदस्य मिनासिंह रखालले सो माग राखेकी हुन् ।

‘मान्छे मार्छु भन्ने सर्वसाधारणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र ?’ प्रश्न गर्दै उनले भने, ‘त्यसैले म भन्न चाहन्छु, सांसदले रोष्टमबाट मान्छे मार्ने अभिव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन ? त्यसैले यस्ता हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।’