• मंसिर १४ २०८१, शुक्रबार

आयोगद्वारा जसपाका दुवै अध्यक्षको कारबाही अस्वीकार (निर्णयसहित)

जेष्ठ ३० २०७८, आईतवार

काठमाडौं ।  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुई दुवै पक्षको कारबाहीलाई अस्वीकार  गरेको छ  ।

आयोगले दुवै अध्यक्षले एक–अर्काविरुद्ध गरेको कारबाहीलाई मान्यता दिन नसकिने जनाउँदै पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको हो ।

आयोगले दुई पक्षले गरेका कारवाही कानूनसम्मत नदेखिएको ठहर गरेको छ ।

आयोगको आजको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय सुनाएको हो ।

उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई निष्कासन गरेका थिए ।

एउटै दलका एक अर्को अध्यक्षबाट पदाधिकारीलाई पार्टीका सदस्यसमेत नरहने गरी हटाएको वा निष्काशन गरेको कार्य पदाधिकारीको हेरफेरको विषयअन्तर्गत पर्ने नदेखिँदा दुवै पक्षको निवेदन माग अद्यावधिक गर्न कानूनत मिल्ने नदेखिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तो छ आयोगको निर्णय