काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।
कोभिड महामारीमा पनि अग्रपंतिमा रहेर खटिरहेका प्रहरीलाई सहयोग गर्न उनले आइतबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।
मनीषाले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी हुन् ।