काठमाडौँ। देशको संघीय राजधानी काठमाडौँ उपत्यकामा एक साताको लागि निषेधाज्ञा थपिएको छ।यस अघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको एक अधिकारीले गोलमिडियान्युजलाई बताए ।
यद्यपि,थपिएको निषेधाज्ञामा केही प्रावधान भने खुकुलो पारिएका छन्
अब यी क्षेत्रहरु यसरी खुल्नेछन
१)खाद्यान्न ११ बजेसम्म
२)अनलाइन डेलिभरी दिने
३)पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
४)हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने
५)कृषि कार्य सञ्चालन गर्न दिने
६)भिसा लिनका लागि सहजिकरण गर्ने