• मंसिर १२ २०८१, बुधबार

प्रदेश प्रमूखले दिएको सल्लाह ठिक छ: मुख्यमन्त्री राउत

जेष्ठ ३० २०७८, आईतवार

जनकपुरधाम। २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमूख राजेश झा ‘अहिराज’ले मन्त्रिपरिषद समावेशी नभएको भनि स्मरण गराएर पत्र लेख्नुलाई सामान्य भएको प्रतिक्रिया दिएका छ्न। मन्त्रिपरिषद समावेशी नभएको कुरा प्रदेश प्रमूखले समावेशी भए राम्रो हुन्छ भन्नुलाई अन्यथा भन्न नमिल्ने मुख्यमन्त्री राउतले बताए।

‘उहाँको सरोकार ठिकै हो, यसलाई स्वागत गर्दछु।’उनले भने।

गत शुक्रबार जेठ २८ गते प्रदेश प्रमूख अहिराजले मुख्यमन्त्री राउतलाई एक पत्र लेखि संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी व्यवस्था अनुसार मन्त्रिपरिषद गठन गर्न सुझाएका थिए।

उनले महिला, दलित, जनजाति, शहीद परिवार, गैरमधेसीको पनि समानुपातिक समावेशी प्रतिनिधित्व गराउन सुझाव दिएका थिए ।