• बैशाख २१ २०८३, सोमबार

बारामा लागूऔषधसहित २ जना पक्राउ

जेष्ठ २९ २०७८, शनिबार

बारा । प्रहरीले अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

शनिबार बिहान बाराको जीतपुर उपमहानगरपालिका ७ बाट पर्साको बीरगञ्ज उपमहानगरपालिका ७ बस्ने २० वर्षीय शारुख खान मियालाई लागूऔषधसहित प्रहरीले पक्राउ  गरेको हो । मियाँको साथबाट प्रहरीले बीआर २२ डि ४१४४ नम्बरको मोटरसाइकलसहित १०० एमएलको वनरेक्स २३० बोतल बरामद गरेको छ ।

सोही स्थानबाट बीरगञ्ज उपमहानगरपालिका ३२ बदननगर बस्ने २६ वर्षीय गयासुदिन मियाँलाई पनि अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । मियाँबाट बा १५ प १७५२ नम्बरको मोटरसाइकलसहित १०० एमएल वनरेक्स ५ बोतल र नाइट्राभेट १० लेखिएको ७२ पिस ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।