रौतहट । रौतहटमा आफ्नै श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपापिलका वडा नम्बर ४ कि ३८ वर्षिय दिपिका वि.क. लाई उनकै श्रीमानले एसिड प्रहार गरेका हुन् ।
पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको शरिरको करिब १८ प्रतिशत भाग जलेको छ । उनको देब्रे हात र पेट जलेको छ ।
पीडित महिलाका अनुसार शनिबार करिब साँझ ६ बजेतिर विवाद हुँदा उनको श्रीमानले एसिड आक्रमण गरेका थिए।
उनले रुँदै भनिन्, ‘यसअघि एसिड आक्रमण परेको भन्ने फेसबुकमा मात्र देखेको थिएँ । आज आफ्नै साथमा यस्तै घटना भयो । त्यो पनि आफ्नै श्रीमान्द्धारा ।’ समयमै देखेर खोसेकाले एसिड भने उनको मुखमा नपरेको दिपिकाले बताइन् ।
प्रहरीले महिलाका ४२ वर्षिय श्रीमान् दिपक वि.क. लाई पक्राउ गरेको छ ।
घटनास्थलको प्रकृति हेर्दा एसिडको प्रयोग भएको जस्तो देखिएपनि ठ्याक्कै एसिड नै हो भन्ने बारेमा ल्याव परिक्षण प्रचात मात्र थाहा हुने उनले बताए ।