• मंसिर ११ २०८१, मंगलवार

पोखरा जाँदा बिर्सेर पनि छोड्नै नहुने ९ कुरा

चैत्र १ २०७७, आईतवार

पोखरा नेपालको सबैभन्दा आकर्षक पर्यटकीय नगरी हो । यो अन्तर्राष्ट्रिय साथै राष्ट्रिय पर्यटनका लागि पनि उत्तिकै आकर्षक स्थल हो । प्रकृतिले दिएको वरदान र उपहार हो यो । यहाँ पुगेपछि अन्तरिक पर्यटक पनि उत्तिकै लोभिन्छन्, जति बाह्य पर्यटकहरु मन्त्रमुग्ध हुन्छन् । यहाँ पुगेपछि हामीले नबिर्सेर गर्नै जर्ने १० कुरालाई यसरी लिन सकिन्छ :

१. खानाको परिकार :

पोखराको राम्रो तथा आफ्नै विशेषता हो, यहाँको खानामा पाइने विविधता । यहाँको खाना उस्तै देखिए पनि स्वादमा भने फरक पाइन्छ । यहाँ अर्ग्यानिक खाना पनि पाइन्छ । यो विदेशी पर्यटकका लागि त भिन्दै स्वादको विषय हुन जान्छ ।

२. बाटिक आर्ट वर्कशप :

बाटिक आर्ट वर्कशप यहाँको अर्को आकर्षण हो । यो आकर्षण स्वदेशीका लागि भन्दा पनि विदेशीका लागि निकै स्मरणीय रहन पुग्छ । विदेशी यसैमा झुम्मिने गरिरहेका हुन्छन् ।

३. बञ्जी जम्पिङ :

पोखराको अर्को आकर्षण भनेको बञ्जी जम्पिङ हो । मानिसहरु बञ्जी जम्पिङमा निकै रमाउँछन् । यो आफैले अभ्यास गर्न जत्तिको रमाइलो र डरलाग्दो छ, हेर्नका लागि पनि उत्तिकै रहरलाग्दो छ ।

४. प्यारा ग्लाइडिङ :

प्याराग्लाइडिङ पोखराको अर्को आकर्षण हो । यसले आन्तरिक तथा बाह्य पर्यटनमा ठूलो टेवा दिएको छ । विदेशीका साथै नेपाली पनि यसमा बानी पर्न र भाग लिन थालिसकेका छन् ।

५. स्काइ ड्राइभिङ :

स्काइ ड्राइभिङ पोखराको अर्को आकर्षण हो । यसले विदेशी तथा स्वदेशी पर्यटकह?लाई निकै लोभ्याउने गरिरहेको छ । स्काइ ड्राइभिङ गर्दा देखिने मनमोहक सेताम्यै हिमालयका दृश्य, अग्ला पहाडी श्रृंखला तथा हराभरा वनजंगलले यात्रालाई निकै रमणीय बनाउन मद्दत गरिरहेका हुन्छन् ।

६. माउन्टेन बाइकिङ :

माउन्टेन बाइकिङ पोखराको अर्को आकर्षण हो । यसले धेरै पर्यटकलाई सहभागिता र सहकार्यको दिशामा रमाइलो गरी आबद्ध गर्दै लगेको छ ।

७. फिशिङ :

माछा मार्नु यहाँको अर्को नौलो आकर्षण हो । हुन त माछा मार्न अन्यत्र पनि पाइन्छ, तर पोखराको फेवा तालमा मारेको माछा आफैमा प्राकृतिक हुन्छ । यसले मानिसमा भिन्न अनुभूति ल्याउँछ ।

८. बोटिङ :

डुंगा सवार यहाँको अर्को विशेषता हो । यसले निकै मीठो मनोरञ्जन दिने गरेको छ । जोकोही पनि पोखरा पुगेपटि बोटिङ नगरी फर्कदैन ।

९. रयाफ्टिङ :

रयाफ्टिङ अर्को रमाइलो विशेषता हो, पोखराको । यो विशेषता अन्यत्र एकै ठाउँमा नपाइन सक्छ । पोखराको एकै ठाउँमा यी सारा कुरा पाइनु आश्चर्यको विषय पनि हो ।