• कार्तिक २६ २०८३, बुधबार

आज भाइटीका: उत्तम साइत बिहान ११:०७ बजे

कार्तिक २६ २०८३, बुधबार

काठमाडौं ।  यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै धार्मिक विधिपूर्वक सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज (कात्तिक २५ गते बुधबार) भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। समितिले साइत खोजेर टीका लगाउनेहरूका लागि ११:०७ बजेको समय उत्तम निर्धारण गरे पनि सर्वसाधारणले आफ्नो अनुकूलताअनुसार दिनभरि नै टीका लगाउन सक्ने स्पष्ट पारेको छ।

टीका लगाउँदा कुन दिशा फर्किने?धार्मिक एवं शास्त्रीय मान्यताअनुसार यस वर्ष टीका लगाउँदा दिशाको विशेष ख्याल गर्नुपर्ने समितिले जनाएको छ:

दाजुभाइ (टीका थाप्ने): पश्चिम फर्केर बस्नुपर्ने
दिदीबहिनी (टीका लगाइदिने): पूर्व फर्केर बस्नुपर्ने

चन्द्रमालाई दाहिने वा सम्मुख पारेर टीका लगाउनु शुभ मानिने भएकाले यो दिशा तय गरिएको हो। आजको दिन दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मखमली र दुबोको माला तथा विभिन्न परिकारहरू (सेलरोटी, मिठाई) अर्पण गर्ने गर्दछन् भने दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा तथा उपहार दिने गर्दछन्। आजको दिन दाजुभाइ नहुनेहरूका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पनि खुल्ला गरिएको छ।