दाङ । राप्ती नदीमा डुबेर मंगलबार (कात्तिक २४) एक बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६, गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राजपुर गाउँपालिका–७, हाटबासस्थित मामाको घरमा आएका बेला नुहाउने क्रममा यस दिन बिहान ११ बजे उनी राप्तीमा डुबेका थिए ।
नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बालकको शव हाल लमही अस्पतालमा राखिएको छ । प्रतीकात्मक तस्विर l