• फाल्गुन २३ २०८२, शनिबार

कविता : समय त्यस्तै बहने छ

पुष २ २०८२, बुधबार

समय त त्यस्तै बहने छ,
आफ्नै बाटो हिँडिरहने छ
न रोकिन्छ, न फर्किन्छ,
जीवनको घडी निरन्तर बजिरहने छ ।
हिजोको पल त बगेर गइहाल्यो
फर्केर आउँदैन, किन डरलाग्ला ?
आजलाई सम्हाल र राम्रो बनाऊ,
भोलिको आधार यही पल होला ।
कसैको लागि समय धैरै चल्यो,
कसैको लागि एकछिनमै हरायो
कसैको दुःख बिस्तारै घटायो,
कसैको घाउ भने फेरि नयाँ बनायो ।
समयले नै त सिकाउँछ
भेटघाट, बिछोड र सम्झना के हो
कहिले कठोर, कहिले न्यानो,
मानिसको मनभित्र बस्ने अंशै–अंश हो ।
आफ्ना सपना समयमै रोप,
जुन बिऊले भविष्यमा फूल निकाल्छ
अहिलेको मेहनतले नै त
भोलिको उज्यालो यात्रा बनाउँछ ।
समयलाई रोक्न खोजेर हुँदैन,
तर समयको मान गर्न चाहिँ पर्छ
जहाँ अनुशासन र इच्छा जोडिन्छ,
त्यही ठाउँमा सफलताको बगैचा बन्छ ।