• जेष्ठ २७ २०८३, बुधबार

मलाई  संगठीत रूपमा अफवाह फैलाएर बदनाम गर्न खोजियो:  अर्थमन्त्री वाग्ले

जेष्ठ २७ २०८३, बुधबार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठीत रूपमा अफवाह फैलाएर बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

बजेटमाथि छलफल गर्नुपर्ने संसद्मा गतिरोध सिर्जना गरेर आफूलाई निसाना बनाइएको उनको गुनासो थियो । “बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभामा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,” मन्त्री वाग्लेले भने, “ममाथि लागेका ती भ्रमको जवाफ दिनकै लागि पनि म संसदीय समितिमा आएको हुँ ।”

अहिले समिति बैठक जारी रहेको र अर्थमन्त्री वाग्लेले बजेट तथा आफूमाथि उठेका प्रश्नहरूबारे समिति समक्ष आफ्नो धारणा राखिरहेका छन्।