• कार्तिक ३ २०८१, शनिबार

रविसँगै पक्राउ पुर्जी जारीका १४ जना को-को हुन् ?

कार्तिक २ २०८१, शुक्रबार

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो ।

सहकारी ठगीमा ठुलो सङ्ख्यामा पक्राउ अनुमति दिएको पहिलो पटक हो । जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो । जिल्लाले लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबावु राई, राम बहादुर खनाल, देवेन्द्रबावु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो ।

जिल्ला अदालतले बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको अनुमति पत्रमा उल्लेख छ ।