• आश्विन ४ २०८१, शुक्रबार

सामाजिक सञ्जालमा हतियार देखाउँदै त्रास सिर्जना गरेको आरोपमा एकजना पक्राउ

आश्विन १ २०८१, मंगलवार

१ असोज, काठमाडौं । पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् । सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रास सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार वीरगञ्ज ९ प्रतिमा चोकबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।