• मंसिर ११ २०८१, मंगलवार

फिलिस्तिन–इजरायल : अस्तित्वको लडाइँ

मंसिर ४ २०८०, सोमबार

पृष्ठभूमि
फिलिस्तिनमा हमास शसस्त्र संगठनले २०२३ अक्टोबर ७ तारिखका दिन इजरायलमा आक्रमण गर्दा नागरिकले अनाहक ज्यान गुमाएका छन् । हुन त फिलिस्तिन र इजराइलबीच हुने शसस्त्रको आक्रमण यो पहिलो होइन । तर इजराइलले गर्ने लगातार आक्रमणको विरुद्ध हमासले यति शसक्त रुपमा गरेको आक्रमण चाहिँ यो पहिलो पटक नै हो । जब कि २००८ देखि २०२० सम्म इजराइलले लाखौं फिलिस्तिनीहरुलाई मारेको छ ।

संयुक्त राष्ट्रसंघद्वारा प्रलेखित यो डाटा हेर्नुस् । जसमा अहिलेसम्म इजराइलद्वारा मारिएका फिलिस्तिनीहरुको आँकडा उल्लेख गरिएको छ । यसलाई हेरेर कसैको पनि मन विचलित हुनसक्छ । इजरायलद्धारा २००८ मा ३२०२ फिलिस्तिनीको हत्या, त्यसैगरी २००९ मा ७४६० को हत्या, २०१० मा १६५९ को हत्या, २०११ मा २२६० को हत्या, २०१२ मा ४९३६ को हत्या, २०१३ मा ४०३१ को हत्या, २०१४ मा १९८६० को हत्या, २०१५ मा १४८१३ को हत्या, २०१६ मा ३५७ को हत्या, २०१७ मा ८५२० को हत्या, २०१८ मा ३१,५५८ को हत्या, २०१९ मा १५,६२८ को हत्या, २०२० मा २७८१ को हत्या, यो आँकडा खासमा संयुक्त राष्ट्रद्वारा प्रलेखित गरिएको हो ।

जुन कि संयुक्त राष्ट्र संघको वेबसाइटमा हेर्न सकिन्छ कि इजरायलद्वारा २००८ देखि २०२० सम्म कति फिलिस्तिनी मारिए भनेर । फिलिस्तिन र इजराइलबीच हुने शसस्त्र आक्रमणको कारण बुझ्नका लागि यसको इतिहासका बारेमा बुझ्न आवश्यक छ । जब ऐतिहासिक पृष्ठभूमि थाहा हुन्छ अनि मात्र युद्धको बारेमा बुझ्न सकिन्छ । फिलिस्तिनमा एउटा धार्मिक स्थल छ जुन मुस्लिम, इसाई र यहुदी तीनै समुदायका लागि महत्वपूर्ण छ । यो युद्ध त्यही पवित्र धार्मिक स्थलको लागि भइरहेको छ । यसकै कारण फिलिस्तिन र इजराइल मात्र नभइ संसार नै युद्धमय भइसकेको छ ।

तेस्रो विश्वयुद्धमय हुनुको मुख्य कारण लेखको अन्तिम भागमा पढ्न सक्नुहुनेछ । त्यो भन्दा पहिला तिनैवटा विश्वयुद्ध हुनुको कारणका बारेमा उनीहरुको मनसाय पढ्नुस् ‘पहिलो विश्वयुद्धपछि रहस्य सिर्जना गर्नुपर्छ, जसको परिणाम मानिसको धार्मिक आस्थालाई कमजोर बनाइने छ । दोस्रो विश्वयुद्ध यहुदी र इसाईबीच हुनेछ । जसको परिणाम लाखौं इसाईहरु मारिनेछन् ।

जब युद्ध समाप्त हुनेछ जसको परिणाम फिलिस्तिनमा नयाँ यहुदी राज्य कायम हुनेछ । तेस्रो विश्वयुद्ध मुस्लिम र फिरौनीहरुकाबीच हुनेछ । जसको फलस्वरूप संसारबाट धर्महरु समाप्त हुनेछन् । अनि त्यसपछि अधर्मको सुरुवात हुनेछ । अर्थात् दज्जालको शासन हुनेछ । जुन कि यहुदीहरुमध्येका केही व्यापारी, र सुखदार र ठुल्ठूला व्यक्ति जो फिरौनका पैरोकारहरुले रणनीति बनाएका रहेछन् । तिनले संसारभरी आफ्नो वर्चश्व कायम गर्ने आशयले आफ्नो पैगम्बर मूसा अलैहिस्सलामको आस्थालाई छाडेर फिरौनी आस्था पालना गर्न थाले ।’

विश्वयुद्धका पृष्ठभूमि
प्रथम विश्वयुद्धका ४ मुख्य कारण थिए सैन्यवाद, गठबन्धन, साम्राज्यवाद, र राष्ट्रवाद थियो । द्वितीय विश्वयुद्धको मुख्य कारणहरुमा पहिलो विश्वयुद्धपछि भर्साइलको सन्धि, विश्वभर छाएको आर्थिक मन्दी, नाजीवादको उदय र राष्ट्र संघको असफलता रहेको थियो । ‘तेस्रो विश्व युद्ध’ भन्ने वाक्यांश शीतयुद्धको समयमा नै देखा प¥यो । शीतयुद्ध सन् १९४५ देखि १९९१ सम्म लडिएको थियो । यो सोभियत संघको नेतृत्वमा विश्वका कम्युनिष्ट राष्ट्रहरू र अमेरिकाको नेतृत्वमा विश्वका पूँजीवादी राष्ट्रहरूबीच लडिएको थियो ।

२१औं शताब्दीको शुरुवातदेखि भएका विभिन्न विश्वव्यापी सैन्यद्वन्द्वहरू, भर्खरै २०२२ मा युक्रेनमा रुसी आक्रमण, २०२३ मा फिलिस्तिन अनि इजराइलबीच आक्रमण र संयुक्त राज्य अमेरिका र चीनबीच बढ्दो तनावसँगै तेस्रो विश्वयुद्धको सम्भावित फ्ल्यास पोइन्ट वा ट्रिगरको रूपमा लिइएको छ । तेस्रो विश्वयुद्ध अझै भएको छैन् तर यो एक काल्पनिक भविष्यको द्वन्द्व हो । जुन विभिन्न अंग्रेजी उपन्यासहरू, हलिवुडका चलचित्रहरू, अंग्रेजीका विभिन्न टी.भी कार्टून, मैगजिन्स कार्टून र भिडियो गेमहरूको मार्फत् दर्शाइएको छ ।

तीनै समुदायको बारेमा संक्षिप्त परिचय :

यहुदी समुदाय :
यहुदी त्यो समुदाय हो । जो नमाज पढ्नु अघि वजू गर्छन् । जो नमाज पढ्छन् । रोजा बस्छन् । मुस्लिम सरह खत्ना गराउँछन् । प्रार्थना गर्दा शिरमा गोलो सेतो टोपी लगाउँछन् । मुस्लिम समुदायका पैगम्बर हजरत मुसा अलैहिस्सलामलाई प्रवर्तकका रुपमा मान्छन् । हजरत मुसा अलैहिस्सलाम भन्दा पहिला आएका पैगम्बरहरुलाई पनि मान्दछन् । हजरत मूसा अलैहिस्सलाम माथि अल्लाहले अवतरित गरेको आकाशीय पुस्तक तौरातलाई धर्मग्रन्थको रुपमा स्वीकार गरेका छन् । यद्यपि त्यस पुस्तकमा केही फेरबदल गरिएका छन् । तौरात जसलाई अंग्रेजीमा तोराह भनिन्छ ।

यहुदीहरु हजरत दाउद अलैहिस्सलामको वंशज हुन् । हजरत दाउद अलैहिस्सलामका बाह्र छोरा थिए । जसमध्ये एउटा छोरा जसको नाम यहुदा थियो । हजरत दाउद अलैहिस्सलामको पदवी इस्राइल थियो जब यही सन्दर्भ जोडेर उनीहरुले इजरायल बनाएर इजरायली बन्नका लागि फिलिस्तिनको अधिकांश भुभाग कब्जा गरे । उनीहरुको किताबमा लेखिए अनुसार उत्कृष्ट गोत्रमा जन्मिने अन्तिम पैगम्बर यहुदी गौत्रबाट हुनुपर्ने उनीहरु मान्यता र ठहर रहेको थियो । किनभने उनीहरु गोत्रहरुमध्ये आफूलाई सर्वश्रेष्ठ ठान्दछन् । तर अन्तिम पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्लल्लाहो अलैहे वसल्लम जो बनी कुरैश कबीलामा जन्मिनुभयो ।

उनीहरुका अनुसार अन्तिम पैगम्बरलाई कुरैश कबीलामा पठाएर अल्लाहले उनीहरुसँग ज्यादती गर्नुभयो । किनभने यहुदीहरु आफूलाई संसारकै सर्वश्रेष्ठ गोत्र ठान्दछन् । उनीहरुको अनुसार यहुदी बाहेक अरुलाई बाँच्ने अधिकार नै छैन् । उनीहरुको धर्ममा मुर्ति पूजा वर्जित छ । कोही चाहेर पनि यहुदी बन्न सक्दैन । यहुदी हुनका लागि यहुदाको गोत्रबाट जन्मेकै हुनुपर्छ । यिनीहरु हजरत मूसा अलैहिस्सलाम र उहाँ भन्दा अघिका सबै पैगम्बर माथि आस्था राख्दछन् । तर हजरत मूसा अलैहिस्सलामलाई मात्र फ्लो गर्छन् ।

इसाई समुदाय :
इसाई त्यो समुदाय हो । जो इशुलाई ईश्वर र ईश्वरको छोरा मान्दछन् । तिनीहरु अल्लाहले अवतरण गरेको आकाशीय पुस्तक इन्जिल जसलाई बाइबल भनी परिमार्जित गरेका छन् । त्यही आकाशीय पुस्तकलाई धर्मग्रन्थको रुपमा स्वीकार गरेका छन् । यद्यपि अहिले इन्जिल अर्थात् बाइबलमा धेरै परिवर्तन गरिएको छ । इसाइहरु अहिले नमाज र रोजा गर्दैनन् । जब कि उनीहरु पहिला नमाज रोजा गर्थे । उनीहरु इशा अलैहिस्सलामलाई इशु भन्छन् तिनकै भक्ति भजन गर्छन् भने अर्को समूह छ जसले इशुलाई ईश्वरको छोराको रुपमा मान्छन् अनि तिनको पूजाअर्चना गर्छन् ।

पहिला यहुदी रहेकामध्ये व्यक्ति र परिवार नै पछि गएर इसाई बनेर मुस्लिम समुदायको पैगम्बर हजरत इशा अलैहिस्सलामलाई मात्र प्रवर्तकको रुपमा मान्न थाले । यसर्थ थाहा हुन्छ कि इसाइ जो कोही पनि बन्नसक्छ । जुन कि यहुदीहरुले मन पराएनन् । त्यही फिलिस्तिनको यरूशलेममा हजरत इशा अलैहिस्सलाम आमा हजरत मरियम अलैहिस्सलामका छोराका रुपमा जन्मिए । उनी आमाबाट मात्र जन्मिए उनका बुवा थिएनन् । यही कारण थियो कि यहुदीहरु इसाईहरुलाई जिस्काउने गर्थे र सोध्ने गर्थे इशाको बुवा खोई ? जब इसाईहरु आजित भए अनि यही कारण थियो कि उनीहरु भन्नथाले कि इशा ईश्वरका छोरा हुन् अर्थात् ‘सन अफ गाड’ ।

इशा अलैहिस्सलाम एक रात जब आफ्ना अनुयायीहरुसँग छुट्टिएपछि सुत्नका लागि कोठाभित्र जानुभयो । त्यही समयमा पाँच जना यहुदीहरुले उनलाई मार्ने षडयन्त्र गरे । चार जना चारै कुनामा उभिए र एक जनालाई भित्र मार्न पठाए । भित्र पस्नु पूर्व नै अल्लाहले इशा अलैहिस्सलामलाई चौथो आकाशमा उठाइहाले । मार्ने आशयले भित्र पसेको व्यक्तिलाई अल्लाहले शरीरको माथिल्लो भाग अनुहार सहित हजरत इशा जस्तै गराइदिएर लामो निन्द्रामा सुताई दिए । धेरै बेरसम्म मार्न आएको व्यक्ति बाहिर न आएपछि बाँकी चारैजना भित्र पसे र इशुलाई सुतेको देखे ।

उनले तिनलाई बाहिर ल्याएर स्लेबमा झुन्डियाएर मारिदिए । स्लेबमा झुन्डियाइएको व्यक्तिको खुट्टा हेरेपछि यहुदीहरुलाई झन् रिस उठ्यो किनकि आफूले मारेको व्यक्ति त्यो त यहुदी नै रहेको थियो । अब यहुदीहरुलाई अल्लाहसँग फेरि रिस उठ्नुको कारण थियो, नक्कली इशुको हत्या । उनीहरु अल्लाहसँग झन् रिसाए कि अल्लाहले इशुलाई बचाएर यहुदीलाई यहुदीकै हातबाट मार्ने पाप गराए । त्यो पनि इशु अर्थात् इशा अलैहिस्सलामका कारण ।

यसरी यिनीहरु इसाईसँग अझ् बढी इष्र्या र घृणा गर्न थाले । जसको परिणाममा यहुदी र इसाईबीच धेरै पटक ठुलठुला युद्ध भए । हिटलरद्वारा ६० लाख यहुदीहरुको नरसंहार गरियो । इसाईहरु हजरत इशा अलैहिस्सलाम र उहाँ भन्दा अघिका सबै पैगम्बर माथि आस्था राख्दछन् । तर हजरत इशा अलैहिस्सलामलाई मात्र फ्लो गर्छन् ।

मुस्लिम समुदाय :
मुस्लिम त्यो समुदाय हो । जसले एकेश्वरवादमा आस्था राख्दछन् । वजू गरेर नमाज पढ्छन् । नमाज पढ्दा शिरमा टोपी लगाउँछन् । रोजा बस्छन् । खत्ना गराउँछन् । जकात दिन्छन् । हज गर्न खानेकाबा जान्छन् । अनि आदम अलैहिस्सलामदेखि नूह अलैहिस्सलाम, दाउद अलैहिस्सलाम, हजरत इब्राहिम अलैहिस्सलाम, हजरत इस्माइल अलैहिस्सलाम, हजरत इसहाक अलैहिस्सलाम, हजरत जकरिया अलैहिस्सलाम, हजरत याकूब अलैहिस्सलाम, हजरत हारुन अलैहिस्सलाम, हजरत युसुफ अलैहिस्सलाम, हजरत यहया अलैहिस्सलाम, हजरत लूत अलैहिस्सलाम, हजरत इद्रीस अलैहिस्सलाम, मूसा अलैहिस्सलाम, हजरत सुलेमान (सोलुमन) अलैहिस्सलाम, इशा अलैहिस्सलाम र अन्तिम पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लमसम्म सबै पैगम्बरमाथि आस्था राख्छन् । साथै हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लमलाई अल्लाहको अन्तिम दूतका रुपमा स्वीकार गरी उहाँको पथप्रदर्शक भइ बस्छन् ।

हजरत आदम अलैहिस्सलामदेखि कयामतसम्मको जानकारी गराउन उहाँमाथि अल्लाहले कुरआन मजिद अवतरित गरे । जसलाई मुस्लिमहरुले धर्मग्रन्थको रुपमा स्वीकार गरेकाछन् । कुरआन मजिदमा कयामतसम्म कसैले फेरबदल गर्न सक्दैन् यसको हिफाजतको जिम्मा अल्लाह सुब्हानहु तआलाले स्वयं लिएका छन् । यही कहिल्यै नफेरिने कुरआन मजिदमा इशा अलैहिस्सलामकी चरित्रवान आमा हजरत मरियम अलैहिस्सलामको पवित्रता बयान फरमाउनु भयो ।

साथै यहुदीले कसरी इशुलाई मार्ने षडयन्त्र गरे । जसको बारेमा स्पष्ट जानकारी पनि आफ्नो दूत पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहे वसल्लमद्वारा गराउनु भयो । यहुदीहरुले कसरी आफ्नै पैगम्बर हजरत मूसा अलैहिस्सलामको आदेश उल्लङ्घन गरे र कहिले कसरी आफ्नो सीमा नांघेका थिए । यी सब घटनाको बारेमा कुरआन मजिद मार्फत् अल्लाहले प्रष्ट पार्नु भएको छ । साथै कुरआन मजिदमा मश्जिद अल अक्साको बारेमा पनि लेखिएको छ । जुन कि मुस्लिम समुदायको पहिलो किब्ला र तेस्रो पवित्र धार्मिक स्थल हो । जसलाई हजरत सुलेमान (सुलोमन) अलैहिस्सलामले निर्माण गराउनु भएको थियो । मश्जिद अल अक्सा मुस्लिम, यहुदी र इसाइ तीनै समुदायका लागि किन महत्व राख्दछ यो बुझ्नका लागि तल लेखिएको इतिहास पढ्नु आवश्यक छ ।

फिलिस्तिनको इतिहास :
यरोशलममास्थित मस्जिद अल अक्सा इस्लाम र मुसलमानहरुकालागि तेस्रो सबभन्दा महत्वपूर्ण मस्जिद हो । यो मस्जिद जुन प्राचीन परिसरमा बनेको छ त्यो परिसरलाई हिब्रुभाषामा बैतल मकदिश र अरबी भाषामा बैतुल मुकन्दस (अर्थात ईश्वरको पवित्र घर) भनिन्छ । इतिहासकारहरुको भनाइ छ कि, यहाँनेर हजरत सुलेमान अलैहिस्सलामद्वारा बनाइएको धार्मिक स्थल थियो । जसको अब मात्र एउटा पर्खाल शेष रहेको छ । हजरत सुलेमान अलैहिस्सलामलाई नै हिब्रु भाषामा सुलोमन भनिन्छ । यहुदी र इसाई धर्म ग्रन्थका अनुसार हजरत इब्राहिम अलैहिस्सलाम पश्चात धेरै पैगम्बर यो मस्जिदलाई आफ्नो इबादतगाह (धार्मिक स्थल) बनाए किन्तु हजरत सुलेमान अ.स.को कार्यकालसम्म यो मस्जिद नष्ट भइसकेको थियो र यहुदी धर्ममा धेरै कुरीतिहरु आइसकेका थिए । हजरत सुलेमान (सोलोमन) ले बैतुल मुकदसको पुनर्निर्माण गर्नुभयो ।

साथै यहुदी धर्मका कुरीतिलाई पनि हटाउनु भयो । जसपश्चात त्यहाँ यहुदी साम्राज्य फैलियो । किन्तु सन् ७० इस्वीमा रोमन साम्राज्यले बैतुल मुकदसलाई जलाएर नष्ट गरी त्यहाँ रोमन देवताहरु (ज्यूपिटर आदि) को मन्दिरमा परिणत गरिदियो ।
जब ३१५ इस्वीमा रोमन शासक कान्सटेण्टाइन आफ्नो धर्म परिवर्तन गरी इसाई भए । तब फेरि रोमनहरुले त्यो बैतुल मुकदसलाई त्याग गरिदिए । जसलाई यिनीहरुले मूर्तिस्थल बनाएका थिए ।

बिस्तारै त्यो ठाँउमा यरूशलमबासी जसमध्ये यहुदी पनि थिए, उनीहरु फोहोर फाल्न थाले । यहुदीहरुले पनि बैतुल मुकदसलाई पवित्र स्मारक मान्न छाडिदिए । ६१४ इस्वीमा रोमनहरुलाई पारसीहरुले पराजित गरिदिए । अब यहुदी एकदमै आजाद थिए आफूले रोजेको ठाँउमा प्रार्थना गर्नका लागि । तर त्यतिबेला यहुदीहरुले पूजापाठ गर्नका लागि बैतुल मुकदसलाई रोजेनन् ।

यद्यपि यरूशलममा यो पनि घटना भयो कि अलग अलग साम्राज्यमा कहिले इसाईहरुद्वारा यहुदीहरुलाई सताइयो कहिले यहुदीहरुद्वारा इसाईहरुलाई सताइयो । दुबै धर्मावलम्बीहरु शान्तिका साथ बाँच्नका लागि यरोशलममा त्यो न्यायप्रिय शासकको प्रतिक्षामा थिए जसको बारेमा उनीहरुको धर्मग्रन्थहरुमा भविष्यवाणी गरिएको थियो ।

उनीहरुको त्यो प्रतिक्षा सातौं शताब्दीमा अरबमा हजरत मोहम्मद सल्लको आगमन उपरान्त पूरा भयो । इस्लामका दोस्रो खलिफा हजरत उमर इब्ने खत्ताब रजको कार्यकालमा विजय पश्चात यरूशलममा इस्लाम आए । हजरत उमर रजिले मस्जिद ए अक्साको पुननिर्माण गराए । यरूशलममा न्यायप्रिय मुस्लिम शासकको आगमनले इसाई र यहुदी दुबै समुदायलाई धेरै राहत महसुस भयो ।

एघारौं शताब्दीमा फिलिस्तिनमाथि युरोपी इसाईहरुले आक्रमण गरे । उनीहरुले यहुदी र मुस्लिमहरुमाथि धेरै अत्याचार गरे । ती युरोपी इसाईहरुले यहुदीहरुलाई मारेर उनीहरुको मन्दिरमा र मुस्लिमहरुलाई मारेर मस्जिद ए अक्सामा फालिदिए । यतिमात्र होइन यी युरोपी इसाईहरुले अरबी इसाईलाई पनि सताए । फिलिस्तिनका यहुदीहरु आफ्नो ज्यान जोगाएर स्पेन भागेर गए । ता कि स्पेनका मुस्लिम शासनको संरक्षण मिलोस् ।

हजरत सलाहुदिन अय्यूबीको कमाण्डमा अयुबी सेनाले ११८७ मा ह्याटिनको निर्णायक युद्धमा क्रुसेडरहरूलाई पराजित गरी यरूशलेम कब्जा ग¥यो । सन् ११८९ इस्वीमा इस्लामी फौजका सरदार हजरत सलाहुद्दीन अयूबीले यरूशलमबाट क्रुर यूरोपी इसाईहरुलाई निकालिदिए । अनि यरूशलममा पुनः इस्लामी कानून लागु गरे । जुन इस्लामी शासनमा इसाई, यहुदी र मुस्लिम सबै शान्ति र सौहार्दका साथ बस्न थाले । यो सौहार्द १९ शताब्दीसम्म कायम रह्यो । जबसम्म फिलिस्तिन खिलाफते उस्मानिया अर्थात् आटोमन साम्राज्यको अधिन रहेको थियो ।

जब कि १८९६ मा थियोडोर हर्लजको ‘द जेविश स्टेट’ अर्थात् ‘यहुदी राज्य’ आयो । जसमा यहुदी राज्य गठनको कल्पना गरिएको थियो । हलज एक यहुदी पत्रकार र लेखक थिए । जसको चाहना थियो कि यहुदीहरुको आफ्नो छुट्टै राज्य होस् । तर जेविश स्टेटको योजना त यो किताब आउनुभन्दा पहिला नै रसूखदार यहुदीहरुको मस्तिष्कमा खेलिरहेको थियो । यूरोपभन्दा टाढा अरबको फिलिस्तिनमा यहुदीहरुलाई बसाल्ने सम्झौता त यहुदी र युरोपी इसाईहरु बीच पहिलै भइसकेको थियो । यसकारण १८९७ भन्दा पहिला केही यहुदी त्यो ठाँउमा पुग्न थालेका थिए । १९०३ सम्म त्यहाँ करिब २५,००० यहुदी जम्मा भइसकेका थिए ।

जसमध्ये अधिकांश पूर्वी यूरोपबाट आएका थिए । त्यतिबेला त्यो भुभाग आटोमन साम्राज्य (खिलाफते उस्मानिया) कै हिस्सा थियो । जहाँ करिब पाँच लाख अरबहरुसँगै ती यहुदीहरु पनि बस्न थालेका थिए । १९०४ र १९१४ को बीच थप ४० हजार अप्रवासीहरु पनि त्यहीँ पुगे । १९१७ पहिलो विश्वयुद्धको दौरान यो भुभागमाथि तुर्कीको आटोमन साम्राज्यको शासन थियो । त्यो भुभागबाट तुर्कीको नियन्त्रण त्यतिबेला सकियो जब ब्रिटेनले अटोमन साम्राज्यलाई समाप्त गरिदियो । जसपश्चात फिलिस्तिनमाथि अंग्रेजी शासन सुरु भयो । यहुदी युरोपबाट आएर त्यहीँ बसोबास गर्नथाले । जर्मनीमा हिटलरको यातना शिविरहरुबाट ज्यान जोगाएर भाग्ने यहुदीहरु पनि फिलिस्तिनमा शरण लिए ।

जब १५ मई १९४८ मा ब्रिटेनले फिलिस्तिनलाई स्वतन्त्र गरीदिने घोषणा गर्यो । तब त्यही दिन अनेक सशस्त्र यहुदीहरुले असंख्य निर्दोष फलिस्तिनीहरुको हत्या गरी यरूशलम र फिलिस्तिनको अधिकांश भुभागमाथि कब्जा गरे । त्यही कब्जा गरेको ठाउँलाई इजरायल नाम दिए । युनाइटेड नेशंसले यहुदीहरुद्वारा कब्जा गरिएको क्षेत्रलाई छुट्टै नयाँ देशको रूपमा मान्यता दिइदियो । तर तब यरोशलम यहुदीहरुको नियन्त्रणमा थिएन् । प्रष्ट छ, फिलिस्तिनीहरुलाई यहुदीहरुले गरेको कब्जा कहिल्यै स्वीकार भएन । तिनीहरु इजराइलको विरुद्ध संघर्ष गरिरहे ।

जसलाई अवसरको रुपमा लिइकन अमेरिका र यूरोपले इजरायलीलाइ हातहतियार पठाउँदै गरे । जसको भरमा इजराइलले फिलिस्तिनको भुभाग हत्याउँदै गयो । इजरायलले पूरा यरूशलम अवैधरूपले कब्जा गरेको छ । फिलिस्तिनी मुस्लिम युवाहरुलाई जेल हाल्ने, बन्दक बनाउने, क्रुरताका साथ यातना दिने, फिलिस्तिनी महिला, सानासाना बच्चाहरुको हत्या गर्ने जस्ता अपराध इजराइलले दशकौंदेखि गर्दै आइरहेको छ । तर दुनियाँ भरिका तथाकथित मानवतावादी चुप लागेर बसिरहेका छन् । जुन कि विश्वव्यापी रुपमा देखिने मानव अधिकारको दोहोरो मापदण्ड र इस्लामोफोबियाको जिउँदो उदाहरण हो ।

इजरायलको दशकौंको दमन विरुद्ध हमासले आफ्नो भुभाग जोगाउन फिलिस्तिनको अस्तित्व बचाउनकालागि पहिलो पटक २०२३ अक्टोबर ७ तारिखका दिन आक्रमण गर्यो । त्यस पश्चात करिब करिब संसार दुई भागमा विभाजन भइसकेको छ । जसको परिणाम स्वरूप शोशल मिडियामा पोस्टहरु हेर्न सकिन्छ । कसैले फिलिस्तिनको सपोर्ट गरिरहेछ भने कसैले इजराइलको । फिलिस्तिनको सपोर्ट गर्ने, पोस्ट गर्ने धेरै जसो मुस्लिम र केही अन्य धार्मिक समुदायका न्यायप्रेमी र शान्तिसद्भाव चाहनेहरु पनि रहेका छन् । अब तपाईं सोच्दै हुनुहोला मुस्लिमहरु किन फिलिस्तिनको सपोर्टमा लेख्दैछन् । तसर्थ यहाँ ऐतिहासिक जानकारी साझा गर्नु अति आवश्यक देखिन्छ ।

फिलिस्तिनमा बैतुल मुकद्दस अर्थात् मश्जिद अल अक्सा रहेको छ । मुस्लिम समुदायका लागि जसरी काबा शरीफ र मदीना शरीफ महत्वपूर्ण छ त्यस्तै बैतुल मुकद्दस पनि । बैतुल मुकद्दस अर्थात् मश्जिद अल अक्सा पनि महत्वपूर्ण रहेको छ । यो त्यही मश्जिद हो जहाँ पैगम्बरे इस्लाम हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लम मेराजको यात्राको दौरान सवा लाख अम्बियाहरुको इमामत फरमाउनुभयो उहाँहरुलाई नमाज पढाउनु भयो ।

फिलिस्तिन नबीहरुको बासस्थल रहेको हो । हजरत इब्राहीम अलैहिस्सलामले फिलिस्तिनमा बसोबास गर्नुभयो । अल्लाहले हजरत लूत अलैहिस्सलामलाई त्यो अजाबबाट मुक्ति दिए जुन उहाँको समुदायमाथि यही ठाउँ दिइएको थियो । हजरत दाऊद अलैहिस्सलामले यस धर्तीमा शान्ति कायम गरी आफ्नो एउटा मेहराब बनाए ।

हजरत सुलेमान (सुलोमन) अलैहिस्सलाम यही मुल्कमा बसेर सारा संसार माथि शासन गर्ने गर्थे । कुरआन मजीदमा कमिलाहरुको त्यो घटना जसमा एउटा कमिलाले आफ्ना साथीहरुसँग भन्छ ‘ऐ कमिलाहरु आफ्नो दुलोभित्र पसिहाल……’ हो त्यो घटना यहीँ फिलिस्तिनकै असकलान शहरमा घटेको थियो । हजरत जकरिया अलैहिस्सलामको मेहराब यही शहरमा छ । हजरत मूसा अलैहिस्सलामले यस मुलुकको बारेमा आफ्ना साथीहरुलाई भनेका थिए कि यही पवित्र शहरमा बारेमा थियो ‘यस पवित्र शहरभित्र प्रवेश गरी हाल’ उहाँले यसलाई पवित्र शहर यसकारण भन्नुभयो किन कि यो शहर शिर्कबाट पाक र नबीहरुको भूमि हो ।

यो शहरमा अनेक आश्चर्य चकित बनाउने घठना घटेका छन् जस्तै एक अविवाहित बीबी हजरत मरियम अलैहिस्सलामको गर्भबाट इशा अलैहिस्सलामको जन्म हुनु । जब हजरत इशा अलैहिस्सलामलाई यहुदीहरुले मार्ने षडयन्त्र गरे । तब अल्लाहले यही शहरबाट उनलाई माथि आकाशमा उठाइहाले । कयामत आउने पूर्व अनुमानमध्ये एक हजरत इशा अलैहिस्सलाम धर्तीमा फर्केर यसै शहरको सेतो मीनार नजिक आउनु पनि हो । यसै शहरको बाब ए लुद भन्ने ठाँउमा इशा अलैहिस्सलामले दज्जाललाई मार्नुहुनेछ ।

फिलिस्तिन नै अरजे महशर हो । नमाज अनिवार्य भइसकेपछि फिलिस्तिनलाई कब्ला ए अव्वल हुने गौरव हासिल छ । हिजरत पश्चात जिबरील अलैहिस्सलाम अल्लाहको आदेश अनुसार नमाजको क्रममै मुहम्मद सल्ललाहो अलैहे वसल्लमलाई मस्जिद ए अक्साबाट बैतुल्लाह (काबा) तरफ रुख (अनुहार) गराएर जानुभयो । जुन मस्जिदमा यो घटना भयो । त्यो मश्जिदलाई आज पनि मस्जिद ए कब्लातैन भनिन्छ ।

हुजूर अकरम सल्लल्लाहु अलैहे वसल्लम मेराजको राति आकाशमा लगिनु पूर्व मक्का मुकर्रमाबाट बैतुल मुकद्दस (फिलिस्तिन) ल्याइनु भयो । जहाँ अल्लाहका रसूल सल्ललाहो अलैहे वसल्लमकै इकतेदा (इमामत) मा सारा नबीलाई नमाज पढाउनुभयो । इस्लामको सुनौलो काल दौरे फारूकीमा दुनियाँ भरिको विजयलाई छाडेर फिलिस्तिनको विजयका लागि स्वयम् उमर (रजिअ) जानु र गएर नमाज अदा गर्नु यस शहरको महत्वलाई दर्शाउँछ ।

दोस्रो पटक अर्थात् २७ रजब ५८३ हिजरी शुक्रबारका दिन सलाउद्दीन अय्युबीद्वारा पुनः यो शहर विजयी हुनु हो । बैतूल मुकद्दसको नाम कुदुस कुरआन आउनु भन्दा पहिला हुने गर्थ्यो । जब कुरआनपाक अवतरित गरियो तब यसको नाम मस्जिद ए अक्सा राखियो । यो शहरलाई हुसूल र रूमीहरुको यातना र पीडाबाट बचाउनका लागि करिब ५००० भन्दा बढी सहाबा किराम रजिअ शहीद भएका छन् । जुन शहादतको सिलसिला अझैसम्म चलिरहेको छ । यो शहर शहीदहरुको शहर हो ।

मस्जिद ए अक्सा र शामको महत्व हरमैन सरह नै रहेको छ । कुरआन करीम अनुसार उम्मत ए मोहम्मदी नै वास्तवमा यस पवित्र धर्तीका वारिस (हकवाला) हुन् । मुस्लिम समुदायका लागि फिलिस्तिनको महत्वको आँकलन यसरी पनि लगाउन सकिन्छ कि यहाँ पढिने हरेक नमाजको बदला ५०० गुणा बढी छ । यसकारण पनि मुस्लिमहरु यसको रक्षाका लागि दुआ गर्नुलाई मुस्लिमहरु इमानी कर्तव्य ठान्दछन् ।

बुखारी शरीफमा नबी करीम सल्ललाहो अलैहे वसल्लमको एक हदीस अनुसार ‘मस्जिद ए अक्सामा एक नमाज पढ्दा ५०० नमाज पढ्नु जतिको पुण्य प्राप्त हुन्छ ।’ (पहिलो नम्बरमा काबा शरीफ रहेको छ । जहाँ एक नमाज पढ्दा १,००,००० नमाज जति पुण्य प्राप्त हुन्छ ।) मदीना शरीफ स्थित मस्जिद ए नबवीमा एक नमाजको पुण्य १००० नमाज जतिको छ । अनि तेस्रो नम्बरमा मस्जिद ए अक्सा रहेको छ । काबा शरीफलाई किबला बनाउनु अघि सम्म मुस्लिमहरु मस्जिद ए अक्साको तरफ मुख गरेर नमाज पढ्ने गर्थे ।

अर्को एक हदीसको अनुसार मस्जिद ए अक्सा दुनियाँमा बनाइएको इस्लामको दोस्रो मश्जिद हो । जुन काबा शरीफ बनाएको ४० वर्ष पछि मात्र बनाइयो । यसैगरी इसरा र मेराज जस्तो बहुचर्चित घटना जसमा अल्लाहले एक रातमै नबी सल्ललाहो अलैहे वसल्लमलाई काबा शरीफदेखि बैतुल मुकद्दससम्मको यात्रा गराए । यिनै घटना र कारणले गर्दा फिलिस्तिन अम्बिया र पैगम्बरहरुको भूमि हो । जसले गर्दा फिलिस्तिन र मश्जिद अल अक्सा मुस्लिम समुदायका लागि निकै महत्वपूर्ण रहेको छ ।

संसार नै युद्धमय हुनुको कारण :
सम्पूर्ण संसारलाई इश्वरीय शक्ति छ, उसैले चलायमान गरेको छ । संसारमा विभिन्न धर्मका आस्थावान समुदाय छन् केही नास्तिक पनि छन् । उनीहरुबीच आस्थालाई लिएर फरक मत पनि अवश्य नै छ । तथापि यो झगडा फरक धार्मिक आस्थाका कारण होइन भनी माथि उल्लिखित फिलिस्तिनका मुसलमानहरुले यहुदीहरुलाई दिएको शरणले पनि प्रष्ट भयो होला । यो सबै फसाद इश्वरीय शक्ति र सैतानी भक्तिका कारण भइरहेको छ । स्वतन्त्र इजराइल त केवल बहाना मात्र हो । सैतान जसलाई दज्जाल भनिएको छ ।

वर्षौंदेखि सैतानी ताकतका भरमा संसारलाई भ्रमित बनाउँदै आइरहेको छ । जुन कामले सैतान खुशी हुन्छ त्यही काम गर्नसक्ने आजादी हुनेछ भनी यही इलूम्नाटीको मिसन छ । जस्तै ः इस्लाममा मात्र होइन अरु धार्मिक समुदायको अध्ययन गर्ने हो भने शरीरलाई ढाक्नुलाई सभ्यता भनिन्छ तर सैतानका पैरोकारहरुले सैतानलाई खुशी पार्न नयाँ युग भनेर सबैलाई विभिन्न बहाना र माध्यमबाट नाङ्गो बनाउँदै अश्लीलता फैलाउँदैछन् । इस्लाममा मात्र होइन अन्य धार्मिक समुदायमा पनि व्याज लिनु जायज र उचित मान्दैनन् । ऋण लिनेलाई समयको सहुलियत दिनुलाई धर्म भनिएको छ ।

तर विश्व बैंक जुन यहुदीहरुको नियन्त्रणमा छ । त्यसको नीति नै आर्थिक रुपले गरीब तर प्राकृतिक सम्पदा र खानीले धनी भएका देशलाई प्रलोभनमा पारी पहिला ऋण दिने त्यसपछि चुक्ता गर्न नसकेपछि जमानी राखेको कागज अनुसार त्यस देशको प्राकृतिक सम्पदा र खानीहरुमाथि कब्जा गर्नु हो । जुन उसले विश्वका विभिन्न देशहरुमा गर्दै आइरहेको छ । जसले आफ्नो देशमाथि कब्जा गर्नबाट रोक्छ त्यहाँ युद्ध गराइदिने षडयन्त्र गर्नु पनि यिनको लागि नियमित काम हो ।

यसैगरी मानव सभ्यता, संस्कृति, संस्कार, धार्मिक मूल्यमान्यताको अन्त्य गरिकन रक्सी, जुवातास, वेश्यावृत्ति, वैमनस्यता, क्रुरता, अराजकता, अश्लीलता, अनैतिक सम्बन्ध, समलैंगिकतालाई बढावा, भ्रष्टाचार, कसैको सम्पति र सम्पदामाथि गैरकानूनी कब्जा गर्ने, हिंसा–हत्या गर्ने जस्ता अपराधलाई फेशन र नयाँ युगको नाम दिनु यिनीहरुको मुख्य उद्देश्य हो । आधुनिकताका नाममा पश्चिमी सभ्यता लाद्ने, धर्म र आस्थालाई रुढिवादी विचार र कार्य भनेर त्यसबाट त्यो धर्म र समाजलाई टाढा गर्ने, यी र यस्ता जति पनि नराम्रा काम र अपराध संगठित रुपमा गर्दा कुनै कानून नलाग्ने र लागे पनि विश्वमा सुपरपावर भएकोले संरक्षण, सहकार्य र सहयोग गर्ने गरिरहेको छ ।

यो सब गरेर फिरौनी यहुदीहरुले दज्जाललाई ल्याउन भनी तयारी गर्दैछन् । जसको लागि उनीहरु फिलिस्तिन जस्तो पवित्र भनिएको धार्मिक समुदायको ८८ प्रतिशत भुभाग कब्जा गरिसकेका छन् । पूरा सिंगै देश हाल १०० प्रतिशत रहेको फिलिस्तिन मात्र १२ प्रतिशत बाँकी रहेको छ । तर पनि इजराइल विरुद्ध विश्वको कुनै देशले यो नरसंहार, क्रुरता, वैमनस्यता, अपराध, मानव अधिकारको ठाडो उल्लंघनको विषयमा बोल्न नसक्नु त्यसै वैश्विक सैतानी संगठनको परिणाम हो ।

यसैगरी लिभिङ टुगेदर अर्थात् बिना विवाह केटाकेटी संगै बस्ने र त्यही अवैधानिक नाताबीच बच्चा जन्माउने अनैतिक कार्यलाई पनि अधिकारकै नाममा बढावा दिइकन समाजमा विकृति फैलाइँदैछ । जुन एक समयमा कुनै पनि धर्म र समुदायलाई स्वीकार्य योग्य कार्य मानिँदैन थियो । यस्ता कार्यलाई पाप मानिन्थ्यो । जति खुराफात फैलाए पनि जसरी अँध्यारो पश्चात उज्यालो आउँछ । हो त्यसरी नै आखिर एक दिन यो सैतानी दज्जाली फित्ना फसादको अन्त्य हुनेछ । जब फिलिस्तिनको यही शहरमा इशा अलैहिस्सलाम त्यो दज्जाललाई मार्नु हुनेछ ।

जसलाई फिरौनी यहुदीहरुले आफ्नो मसीहा (खुदा) ठान्दछन् । उनीहरु यो मश्जिद अल अक्सालाई भत्काएर थर्ड टेम्पल बनाउन चाहन्छन् । जहाँबाट न्यू वर्ल्ड आर्डर लागु गर्न चाहन्छ । ‘यो न्यू वर्ल्ड आर्डर अर्थात् नयाँ विश्व व्यवस्था एक गोप्य उदीयमान अधिनायकवादी विश्व सरकारको परिकल्पना अन्तर्गत गरिने षड्यन्त्र हो ।’ जसको मद्दतले उनीहरुलाई सैतानले मन पराउने काम जस्तै : अवैध नाता, वेश्यावृत्ति, हिंसाहत्या, चोरी डकैती, लागु औषध सेवन, मारकाट, नग्नता, अश्लीलता, समलैंगिकता, अराजकता, अमानवीयता, वैमनस्यता, क्रुरता, भ्रष्टाचार, कसैको सम्पति र सम्पदामाथि गैरकानूनी कब्जा गर्ने लगायतका अपराध गर्न खुल्ला छुट मिलिहालोस् भनी चलखेल भइरहेको छ । तर यो तब मात्र सम्भव छ जब यहुदीहरुले मश्जिद अल अक्सामाथि कब्जा गर्न सक्छन् ।

दज्जाली र सैतानी मनशाय पूरा नहोस् मानव सभ्यता, धार्मिक मूल्यमान्यता, संस्कृति र संस्कार कायम रही रहोस् भनी, मश्जिद अल अक्सालाई भत्काउनुबाट जोगाउनका लागि फिलिस्तिनीहरु दिनदिनै आफ्नो ज्यूज्यान, सन्तान, घरबार र सम्पति सबैको आहुति दिइरहेका छन् । उनीहरुको यो बलिदान मात्र आफ्नो मातृभूमि रक्षाका लागि नभएर विश्वकै समस्त मानव समाजको सभ्यता, संस्कृति, संस्कार र धार्मिक मुल्यमान्यताको रक्षाका लागि सैतानका पैरोकारहरुसँग निरन्तर लडिहेका छन् ।
मानवतावादी यहुदी समेत संसारभरिको मानिसहरुको एउटै आवाज गुन्जिँदैछ कि ‘इजराइलले दिनदिनै गरिरहेको फिलिस्तिनी युवा, वृद्धवृद्धा महिला, साना साना बालबालिकाहरु लगायत निर्दोष आम नागरिकको नरसंहार रोकिनुपर्छ ।’ युद्ध जब जहाँ जतिखेर हुन्छ तब त्यहाँ हत्या भने मानवताकै हुनेगर्छ । मारिने आमनागरिक नै हुन्छन् । युद्ध कुनै पनि समस्याको समाधान होइन । वार्ता र संवाद नै असल समाधान हो र यसको लागि पहल गरिनुपर्छ ।