• मंसिर १२ २०८१, बुधबार

कान्छो तर सबैभन्दा अग्लो श्रृंखला

माघ ८ २०७९, आईतवार

हिमालय विश्वको सबैभन्दा अग्लो श्रृंखला हो । यो विश्वको सबैभन्दा कान्छो श्रृंखला पनि हो । यसको अधिकांश भाग नेपालमा पर्दछ । यसका साथै यो प्रतिवर्ष २० मिलिमिटरका दरले माथि उठिरहेको छ ।

यसका साथै यही हिमालयबाट गहिरा गल्छी बनाएर हिम नदीहरु र नदीहरु बग्ने र विश्वका आश्चर्यलाग्दा र दुर्लभ जन्तु तथा वनस्पति पनि पाइने गरेका छन् । अधिकांश भाग नेपालमा रहेको यो हिमालय श्रृंखलाले भारत, पाकिस्तान, भुटान, आफ्गानिस्तान, चीन र नेपाललाई जोडेको छ । सबैभन्दा अग्लाो भाग सगरमाथा नेपालमा पर्दछ र अन्य तेस्रो चौथो देखि दर्जनौ हिमालहरु नेपालमा पर्दछन् ।

हिमालयहरु सबैका नाम भगवानका नामहरुबाट राखिएकाले यसलाई भगवानको भूमि ‘स्वर्ग’ पनि भनिन्छ । जे होस् भूस्वर्गका रुपमा रहेको हिमाल अरु कुराहरुले पनि स्वर्ग नै रहेको छ ।

यसलाई बुझियो भने विश्वको ‘होलिडे ल्याण्ड’का रुपमा विकास गर्न सकिन्छ । यसको प्राकृतिक सौन्दर्यता अद्वीतीय छ र यस्तो विश्वमा अन्यत्र कहीं पनि छैन ।

विश्वको सबैभन्दा अग्लो र सबैभन्दा कान्छो श्रृंखला हिमालय श्रृंखला हो । यो भारतीय टेक्टोनिक प्लेट र तिब्बतीय टेक्टोनिक प्लेटका बीचमा रहेको छ । हिमालयका मुनिभने खण्डखण्डमा ससाना लगभग प्रदेशसरहका चट्टानी आधारहरु छन् । तर नेपालभरको सिंगो र अखण्ड ल्पेट भने रहेको छैन ।

त्यसैले भारतीय तथा तिब्बतीय ल्पेटहरु एकापसमा जुध्दै जाने कारणले हिमाल प्रतिवर्ष २ मिलिमिटर माथि उठ्ने गरेको विश्वास गरिन्छ । पहिले यो टेथिस सागर थियो । टेथिस सागर रहँदा भारत एशियासँग छुट्टिएर यो अफ्रिकासँग नजिक रहेको थियो । टेथिस सागर माथि उठेर हिमालय बनी तिब्बत र भारतसँग जोडिएपछि भारत भौगोलिक हिसाबले एशिया महादेशमा परेको हो ।

यहाँ ठाडो र भिरालो जमिन छ । अचम्मको कुरा त के पनि रहेको छ भने उचाइअनुसार हावापानीमा पनि भिन्नता आउँदै जान्छ । उचाइ माथि जाँदै गर्दा हिमालयसम्म पुगिने र तलझर्दै गर्दा सम्म परेको तराइसम्म पुगिने हुन्छ । त्यो पनि छोटो समयमा नै । तर सिंगो हिमालयमुनि अधिकतम समशितोष्ण हावापानी रहेको छ ।

हिमालयमा अद्वितीय सौन्दर्य रहेको छ । यसमा रहेका होचा अग्ला पहाडहरु र होचाअग्ला हिमालले गर्दा श्रृंखला निकै रमणीय र मनमोहक रहेको छ । हिमालमुनि रहेका कोणधारी, पतझड र तराइको सदाबहार वनस्पतीले मन नै लोभ्याउने गरेको र वानस्पतिक विविधता ल्याउने गरेको छ ।
सगरमाथालाई विश्वको शीरका रुपमा लिइन्छ । भौगोलिक रुपमा यो विश्वको धुरी हो । सगरमाथा आफैमा अद्वितीय नाम हो, त्यसैले सगर अर्थात् आकाशमा पुगेको टाउको भनेर यसको नामाकरण गरिएको हो । तिब्बती र चिनियाँहरु यसलाई चोमोलुङ्मा भन्ने गर्दछन् । त्यो भनेको पनि अग्लो धुरी भनिएको हो ।

हिमालय हिन्दू परम्परा र संस्कृतिअनुसार आफैमा भगवान हो । यसलाई गिरिराज भनेर पुकारिन्छ । गिरिराज भनेको आफैमा भगवानको नाम हो । गिरि भनेको पहाड र राज भनेको देवता हो । यो भगवानहरुको वासस्थान हो ।

मानवको वस्ती भएदेखि यसको हिन्दु धर्मग्रन्थमा निकै चर्चा हुने गरेको छ । वेद, पुराण तथा रामायणदेखि महाभारतसम्मका ग्रन्थहरुमा हिमालयको बयान कतै पनि छुटेको छैन ।

विश्वमा पाइने विविधता हिमालयको वरिपरि पाइएको छ । यो आफैमा आश्चर्यलाग्दो छ । उत्तरी तथा दक्षिणी गोलाद्र्धमा मात्र पाइने हिम चितुवा हिमालय वा नेपालमा पाइने गरेको छ । हिम चितुवा आफैमा एक हिम प्राणी हो । यो जहाँतहीं पाइँदैन ।

हिमाल आरोहणको अभ्यास मूलतः नेपालमा र अन्यत्र पनि गरिंदै आएको छ । विश्वका मानिसहरु हिमाल चढ्ने र हिमालमा आनन्द लिने पनि गरिरहेका छन् । हालसम्म सगरमाथामा ५००० जना मानिसहरु पुगेको विश्वास गरिएको छ ।

यहाँ विभिन्न संस्कृति र भेषभूषाका मानिसहरु पाइन्छन् । यसका साथै यहाँ विभिन्न धर्म र सम्प्रदायका मानिसहरु बसोबास गर्ने गरेका छन् । सबैभन्दा आकर्षक कुरा त यहाँ बौद्ध गुम्बा नै हुन् । यी गुम्बाहरु हिमालय श्रृंखलाको मुनि निकै संख्यामा रहेका छन् ।

हिमालयको चुचुरामा रहेको हिउँ कहिल्यै पनि पग्लदैन भन्ने विश्वास गरिन्छ । बरु यो हिउँ पहिरो तथा हिम नदीका रुपमा बग्छ भन्ने किम्बदन्ती पनि र साँचो कुरा पनि हो । तर अहिले आएर विश्व तापमानका कारणले हिउँ पग्लन थालेको भन्ने कुरा साँचो हो ।

विश्वका लागि प्रेरणाको स्रोत हो, हिमाल र हिमश्रृंखला । यसले प्राकृतिक सौन्दर्य मात्र नदिएर विश्वलाई माथि उल्लेख गरिएका कुराहरु दिएर प्रेरणाको काम गरिरहेको छ । यहाँ विविध अन्वेषणका कुराहरु छन् । यी कुराहरु सबैका लागि नयाँ र जहिले पनि उत्तिकै प्रेरणादायी छन् ।