• जेष्ठ ४ २०८३, सोमबार

कपनमा भीषण आगलागी !

आश्विन ५ २०७९, बुधबार

काठमाडौं । काठमाडौँको कपनमा भीषण आगलागी भएको छ ।

कपनमा गुम्बा भन्दा अलि तल बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी भएको प्रहरीले बताएको छ ।   ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको हो ।

आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । त्यो विस्फोट ट्रेकिङ्गमा प्रयोग गरिने सिलिण्डरको हुन सक्ने अनुमान छ ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।

दमकल तथा प्रहरीको सहयोगमा आगो निभाउने काम भइरहेको बताउदै प्रहरीले यसबारेमा थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।