• आश्विन २४ २०८३, शनिबार

मगर भेजा समाज नेपालको त्रैमासिक बैठक तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुँदै

आश्विन २३ २०८३, शुक्रबार

काठमाडौं । मगर भेजा समाज नेपाल, काठमाडौंले त्रैमासिक बैठक तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।

मगर भेजा समाज नेपालले सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको हो ।

समाजले सार्वजनिक गरेको निमन्त्रणापत्र अनुसार उक्त कार्यक्रम आगामी २०८३ साल असोज २४ गते शनिबार दिउँसो ३ बजे आयोजना हुनेछ। कार्यक्रम काठमाडौंको मनमैजुस्थित इन्द्रायणी पुलनजिक रहेको एन्जल्स स्पोर्ट्स एकेडेमीमा हुने जनाइएको छ।

कार्यक्रममा समाजका आदरणीय अतिथि, शुभचिन्तक, सल्लाहकार, आजीवन सदस्य तथा सम्पूर्ण सदस्यहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ। कार्यक्रममा समाजको त्रैमासिक बैठकसँगै नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान गरिने समाजका उपाध्यक्ष खिम थापामगरले जानकारी दिए ।

मगर भेजा समाज नेपाल, काठमाडौंले प्रत्येक वर्ष यसरी नै सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।