• बैशाख २३ २०८३, बुधबार

विप्लव व्यक्तिवादमा फसेको भन्दै दाङका विप्लवका कार्यकर्ता नेकपा(बहुमत)मा प्रवेश

असार १ २०७९, बुधबार

काठमाडौं । विप्लव नेतृत्वको नेकपा परित्याग गर्दै धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत)मा सहाहित हुनेको संख्या बढिरहेको छ ।

सो पार्टीका मुख्य नेताहरु आफ्नो पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन देश दौहाडामा हिंडिरहेका बेला देशका विभिन्न स्थानहरुबाट अन्य पार्टीबाट सो पार्टीमा समाहित हुन जानेहरुको संख्या बढ्दै गइरहेको हो ।

काठमाडौं, ललितपुर, कैलाली लगायतका जिल्लाहरुमा अन्य पार्टीहरुबाट सो पार्टीमा समाहित हुनेहरुको संख्या थपिइरहेका बेला आज दाङबाट पति यस्तै खबर प्राप्त भएको छ । यसैबिच दाङमा विप्लव नेतृत्वको नेकपामा रहेर काम गर्दै आएका आधा दर्जन कार्यकर्ता नेकपा बहुमतमा समाहित भएका छन् ।

यसरी सो पार्टीमा समाहित हुनेहरुमा विप्लव नेकपाको जिल्ला सदस्यहरु शेरबहादुर परियार र अतुल कुँवर, गणतान्त्रिक खेलकुद महासंघ दाङका अध्यक्ष विवेक विश्वकर्मा, युवा संगठन नेपाल, दाङ जिल्लाका सहसचिव अजय दुलाल, सोही संगठनका दाङ जिल्ला सदस्य जीवन वली, विप्लव नेकपा तुलसीपुर नगरसमितिका सदस्य अजय नेपाली‘माइकल’, र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका तुलसीपुर नगर अध्यक्ष प्रेम परियार रहेका छन् । उनीहरु सबैले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आफूहरु आजका दिनदेखि विप्लव पार्टी परित्याग गरि नेकपा(बहुमत)मा आवद्ध भएको जनाएका छन् ।

विज्ञप्तिमा उनीहरुले विप्लव नेकपाले एकीकृत जनक्रान्तिको नीति मार्फत् नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि संघर्ष गर्दै आएको भएपनि हालै भएको स्थानीय चुनावमा सो पार्टीको सहभागिताले अब सो पार्टी संघर्षबाट अलग भइ संसदीय व्यवस्थामा गएको पुष्टि भएकोले आफूहरुले सो पार्टी परित्याग गरेको जनाएका छन् ।

विज्ञप्तिमा उनीहरुले नेतृत्वले अनाहकमा इमानदार कार्यकर्तालाई कारवाही गरि पाखा लगाउने कार्य गरेको पनि जनाएका छन् । उनीहरुले विप्लव नेकपाका नेता व्यक्तिवादमा पतन भएको आरोप पनि लगाएका छन् ।

गत बैसाख ३० गते भएको स्थानीय निकायको चुनावमा विप्लव नेकपाले पनि सहभागिता जनाएको थियो । तर सो पार्टीका उमेदवारले निकै कम स्थानमा मात्रै विजय हासील गरेका छन् ।

सरकारसित ३ बुंदे सहमति गरेर शान्ति प्रकृयामा आएको विप्लव नेकपाले यस अघिको चुनाव बहिष्कार गरेको थियो । तर यसपालीको स्थानीय चुनावमा सो पार्टीका केही नेताहरुको निर्देशनमा पार्टीका ७ जना केन्द्रीय नेता सहित धेरै स्थानमा उमेदवारी दिएका थिए ।

चुनावमा सहभागिताको विषयलाई लिएर सो पार्टीमा विभाजन भएको छ । क्रान्तिकारी शक्ति कमजोर भएका बेला सरकारले गराउने चुनावमा सहभागि हुँदा नतिजा नराम्रो आउने भन्दै चुनावमा जाने विप्लवको प्रस्तावलाई बहुमत केन्द्रीय सदस्यले खारेज गरिदिएपनि नेता विप्लव र प्रकाण्ड भने पार्टी फुटे फुटोस् भनेर चुनावमा गएपछि यही विषयलाई सैद्धान्तिक आधार बनाएर धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीको अगुवाइमा अर्को पार्टी बनाएका थिए ।

बास्तेला र वलीले स्थानीय चुनावलाई न बहिष्कार नै गरे, न त सहभागिता नै जनाए । उता चुनावमा सहभागि भएका विप्लवका उमेदवारहरु भने चुनावमा धरौटी जफत भएर फर्किए ।