• कार्तिक १५ २०८३, शनिबार

नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी पक्राउ

कार्तिक १४ २०८३, शुक्रबार

काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।

साइबर ब्युरोको पत्रको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।

केही दिनअघि नेपाल प्रेसमा आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशन भएको थियो ।

सोही विषयमा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको साइबर ब्युरोका अधिकृतहरू बताउँछन् । आजै प्रहरीले अर्का पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको थियो ।