• बैशाख २३ २०८३, बुधबार

कीर्तिपुर नगर प्रमुख-उपप्रमुखलाई विद्यार्थीद्धारा शुभकामना व्यक्त

जेष्ठ १० २०७९, मंगलवार

काठमाडौं । नेवाः विद्यार्थी युनियनका पदाधिकारीहरुले काठमाडौंको कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरलाई शुभकामना व्यक्त गरेका छन् ।

सो संगठनका अध्यक्ष रीदेन महर्जन, सचिव प्रशान्त डंगोल, सदस्यहरु मनिष मानव, बिक्किराज महर्जन, रुपा शाही तथा रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल भाषा शिक्षक प्रा.डा. चन्द्रमान बज्राचार्यले सामुहिकमा नवनिर्वाचित मेयर राजकुमार नकर्मी उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता)लाई भेटेर पाँच वर्षे कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सो संगठनका अध्यक्ष रीदेन महर्जनले नवनिवार्चित मेयर उपमेयरलाई नेपाल भाषा अभियानका बारेमा अवगत गराउँदै नेपाल भाषा विषय अध्यापनमा अझै पनि चुनौतिका साथै अवसर पनि रहेको जनाउँदै स्थानीय सरकारले नेपाल भाषा संरक्षण  सम्वर्द्दनमा योगदान दिनु पर्नेमा जोड दिए ।

नेवाः विद्यार्थी युनियनकै सकृयतामा हटाइ सकेको बि.ए.तहमा नेपाल भाषा विषय पुनस्र्थापना तथा एमए तहमा गत वर्ष कार्तिक महिनादेखि नेपाल भाषा रत्नराज्य लक्ष्मी क्याम्पस स्थापना गरी सञ्चालन गर्न सफल भएको थियो ।