• बैशाख २३ २०८३, बुधबार

हेटौंडामा ‘चोर नेतालाई नो भोट’ लेखेको मत पत्र भेटियो, भयो खैलाबैला !

जेष्ठ ४ २०७९, बुधबार

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ ।

हेटौंडा उपमहानगरको वडानम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो ।

मतदाताले मेरो भोट, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन् । मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।