काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताविरुद्ध आजदेखि छानबिन थाल्ने भएको छ ।
आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो ।
प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । आयोगले १६ गतेसम्म उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्नेछ । साथै बैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।