• बैशाख २२ २०८३, मंगलवार

काठमाडौंको मेयरमा नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस

बैशाख ८ २०७९, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । बुधबार बसेको कांग्रेस काठमाडौं महानगर समितिले नेता प्रकाशमान सिंहकी पत्नी श्रृजनासहित ५ जनाको नाम सिफारिस गरेको हो ।

मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको छ ।

सिफारिस गरेको नामावलीअनुसार १ नम्बरमा नीलकाजीको नाम छ । यस्तै २ नम्बरमा प्रकाशमानकी पत्नी श्रृजना छिन् भने त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम छ । यस्तै, समितिले उपमेयरमा सुशीला ढकाल र प्रा. डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ ।