• बैशाख २४ २०८३, बिहीबार

कास्की कांग्रेस पार्टी कार्यालयमा ताला

बैशाख ७ २०७९, बुधबार

कास्की। पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको कास्की पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमति गरेको थियो।

सोही निर्णयको विरुद्धमा महानगर समितिले  बुधबार  पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

कांग्रेसका कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर पद दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने महानगर समितिले जनाएको छ।